संरक्षकबाटै जानीबुझी संविधान मिच्ने काम भयो : प्रचण्ड



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको संरक्षकबाटै जानीबुझी संविधान मिच्ने काम भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरू खोस्ने षड्यन्त्र भएको बताए ।

‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमनको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ ।’उनले भने, संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो ।’

 

प्रतिक्रिया दिनुहोस्