कांग्रेसकी प्रदेश सांसद शाह कांग्रेस (वीपी) मा प्रवेश गर्दै



धनगढी ।

नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाहले पार्टी त्याग्ने घोषणा गर्नुभएको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य बन्नुभएकी शाहले पार्टीमा मनोमानी बढेको भन्दै छिट्टै बिपी कांग्रेसमा प्रवेश गर्न लागेको घोषणा गर्नुभएको हो । तर उहाँले प्रवेशको मिति भने खुलाउनुभएको छैन ।

‘अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीमा अराजकता र मनोमानी धेरै भयो,’ शाहले भन्नुभयो, ‘मैले विगतदेखि बिपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बिपी कांग्रेसमा देख्नुहुनेछ ।’

शाह बिपी कांग्रेसका उपसभापति समेत रहनुभएका पूर्व प्रदेशसभा सदस्य कर्णबहादुर मल्लकी सासू पनि हुन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्