जल उपभोग गुरुयोजना निमार्ण



मुगु।

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले नगरभित्र बस्दै आएका नागरिकहरुलाई पहिलोपटक सहजरुपमा सेवा, सुविधा र दिगो प्रयोजनका लागि जल उपभोग गुरुयोजना निमार्ण कार्य अघि बढाएको छ ।

छायाँनाथ रारा नगरपालिकाको आयोजना र यूएसएआइडी कर्णाली जल परियोजनाको पहलमा रारा जलधार क्षेत्रअन्तर्गत १४ वडाभित्र रहेका जल स्रोत हरुको पहिचान गरी जल उपभोग गुरुयोजना निर्माण कार्य अघि बढाइएको यूएसएआइडी कर्णाली जल परियोजना जल सल्लाहकार कृष्ण बहादुर शाहीले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिका धेरै जलस्रोत भएको पालिका हो । जलस्रोतको धनी रहेको गाउँपालिकाबाट जलउपभोगका लागि निकै ठूलो सम्भावना भए तापनि जलस्रोतको पहिचान नगरी विगतका वर्षहरुमा हचुवा भरमा जल उपभोगका आयोजना सञ्चालन गरिँदै आएको थियो । तर, अब भने बलियो गुरुयोजना बनाएर यस आयोजनाले नगरको मुहार फेरिने छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भामले बताए ।

 

प्रतिक्रिया दिनुहोस्