‘वाईवाई’ थोक विक्रेताको उपहार योजना सार्वजनिक

बनेपाका राजन कायस्थलाई पल्सर मोटरसाईकल



काभ्रे।

सिजी फुड प्रालीले वाईवाई थोक विक्रेता उपहार योजना अन्तर्गत विक्री गरेको लक्की ड्र कुपन काभ्रे उद्योग वाणिज्य संघको कार्यालयमा खुलाएको छ । लक्की ड्रमा वाईवाई चाउचाउ विक्री गर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका चार सय भन्दा धेरै व्यवसायी सहभागी थिए ।

कोभिड १९ को महामारीमा परेका ब्यवसायीहरुलाई उत्साहका साथै राहत प्रदान गर्ने उद्देश्यले २०७८ असोज देखि पौषसम्म विक्री भएका चाउचाउमा उक्त कुपन समावेश गरिएको थियो । थोक विक्रेताहरुले चाउचाउ खरिदमा कुपन प्राप्त गरेका थिए ।

उपहार योजना अन्तर्गत ५० कार्टुन चाउचाउ विक्री गर्ने थोक विक्रेताले एउटा कुपन प्राप्त गरेका थिए भने क्रमशः ३ सय कार्टुन विक्री गर्दा ७ वटा कुपन, ५ सय कार्टुनमा १३ वटा, १ हजार कार्टुनमा २८ वटा, २ हजार कार्टुनमा ६० वटा, ३ हजार कार्टुनमा ९६ वटा कुपन र ४ हजार कार्टुनमा १ सय ३० वटा कुपन प्राप्त गरेका थिए । सोही कुपनहरु जम्मा गरेर सिजी फुड प्रालीले बनेपामा लक्की ड्र मार्फत उपहार पर्ने व्यक्तिहरू सार्वजनिक गरेको हो ।

वाईवाई थोक विक्रेता उपहार योजनामा १ सय ५० सिसीको पल्सर मोटरसाईकल बनेपाको आशिष् खाद्य स्टोरका कुपन नम्बर २१८ का राजन कायस्थले प्राप्त गरेका छन् । त्यस्तै दोस्रो पुरस्कार एलजी लिड ४० इन्चको कलर टिभी दुईजनाले प्राप्त गरेका छन् । १६२९ कुपन नम्वरका रामकृष्ण श्रेष्ठ र कुपन नम्बर १२१५ का लक्ष्मण श्रेष्ठले टिभी प्राप्त गरेका छन् । तेस्रो पुरस्कार रेमन्ड सुट तीनजनाले प्राप्त गरेका छन् ।

रेमन्ड सुट प्राप्त गर्नेहरुमा ३८१४ का शिवनारायण श्रेष्ठ, १२७२ का नारायाणकृष्ण श्रेष्ठ र ३३९१ का गणेश पुरी रहेका छन् । चौथो पुरस्कार २५ जनालाई स्मार्ट वाच र पाँचौ पुरस्कार ५० जनालाई २ पिस कप र हुडी टिसर्ट परेको छ । उपहार एक कार्यक्रमका बीच वितरण गरिने सिजी फुडका राजु केसीले जानकारी दिनु भएको छ ।

कार्यक्रमा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षें, महासचिव रवीन्द्र बैदार, सिजी फुडका असिस्टेन्ट जनरल मेनेजर रवि केसी, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्