काठमाडौंको गोठाटारमा गोली लागेका घाइतेको मृत्यु



काठमाडौं ।

काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्