काठमाडौं ।
तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ। सोमबार ३ हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।











प्रतिक्रिया