फाइनलमा पराजित भएपछि प्रशिक्षक थापाद्वारा राजीनामा



काठमाडौं ।

साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए ।

साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।

दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्