जुत्ता हातमा बाेकेर नेताहरू समानुपातिक सुची बुझाउन आयोगमा



काठमाडौँ।

सोमबार अपरान्ह परेको पानीले निर्वाचन आयोग जलमग्न भएको छ। आज राजनीतिक दलहरुले समानुपातिक निर्वाचन तर्फको बन्दसूची पेश गर्ने दिन। आयोगको कार्यालयमा विहान १० बजेदेखि नै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु आयोग परिसरमा जम्मा भएका छन्। कतिपय दलका प्रतिनिधिहरु जाने क्रममा छन्।

तर, यही बेला परेको पानीले आयोग परिसर जलमग्न हुँदा बन्द सूची पेश गर्न गएका राजनीतिक दलका कार्यकर्ता तथा आयोगका कर्मचारीलाई प्रभावित बनाएको छ।

काम विशेषले आयोगमा जानेहरुले हातमा जुत्ता बोकेर कार्यालयमा छिरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्