बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं।

बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्