सर्वोच्च जान खोज्दा सरकारले निवासमै रोकिदियो : चोलेन्द्र



काठमाडौँ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।

उनी आइतबार बिहान ११ बजे सर्वोच्च जाने तयारीमा थिए । उनी सर्वाेच्च जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाटै बहिर निस्किन रोक लगाइएको छ ।आफू बस्ने क्वाटरको गेटमा तालाबन्दी गर्दै प्रहरी खटाएर सरकारले अराजकता गरेको चोलेन्द्रको टिप्पणी छ ।

‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ उनले भने।

जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्