अछाममा पहिरोमा परी १० जनाको मृत्यु, १३ बेपत्ता, १० घाइते



अछाम ।

अछाममा छुट्टाछुट्टै पहिरोमा परेर १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीमा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ भने सात जनाको उद्धार गरिएको छ । अझै तीन जनाको उद्धार कार्य जारी छ ।

यस्तै तुर्माखाद गाउँपालिका वडा नम्बर ५ को नाडाँमा दुई घर पहिरोले बगाउँदा ९ जना बेपत्ता भएको डिएसपी डाँगीले बताए । उनीहरूको उद्धार कार्य जारी राखिएको छ ।

यसैबिच कमलबजार नगरपालिका वडा नम्बर ८ मा पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ । त्यहाँ एक जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछामकै ढकारी गाउँपालिका वडा नम्बर ६ सिमानीमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । त्यहाँ ३ जनाको उद्धार भएको छ भने एक जनाको उद्धार कार्य जारी राखिएको छ । जिल्लामा एकै दिन ठुलो मानवीय क्षति भएको छ । घटना बारे विवरण सङ्कलन गर्ने कार्य र उद्धार कार्य भइरहेको अछाम प्रहरीले जनाको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्