सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा २ राज्यमन्त्री नियुक्त



धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीपरिषद् पुर्नगठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रीपरिषद् पुर्नगठन गरेको हो ।

सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गर्नुभएको हो ।

उहाँले प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गर्नुभएको छ । उहाँहरुको अहिले पद तथा गोपनियताको सपथ ग्रहण भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए।

उहाँहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बन्नुभएको हो । उहाँहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसक्नुभएको छ । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उहाँको सट्टामा सोडारीलाई पठाएको हो । यस्तै समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएका कुलबीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उहाँको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्