एकीकृत समाजवादी सुदूरपश्चिमकी प्रमुख सचेतक माओवादीमा प्रवेश

0
Shares

धनगढी।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । शुक्रबार बिक समाजवादी छाडेर माओवादीतिर लाग्नुभएको हो ।

यस्तै उहाँसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायतले पनि माओवादीमा प्रवेश गरेका छन्।

उहाँहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभएको थियो । प्रमुख सचेतक बिक एमाले विभाजनपछि समाजवादीमा लाग्नुभएको थियो । तर, उहाँ समाजवादी पनि छाडेर माओवादीमा लाग्नुभएको हो ।

Skip This