प्रहरी हौं भन्दै ३० लाख लुटपाट, तीन पक्राउ



काठमाडौँ।

‘प्रहरी हौं’ भन्दै ३० लाख रुपियाँ लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, कपन बस्ने ३० वर्षीय देव लामा र २० वर्षीय मिनबहादुर तितुङ छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार कपनबाट पक्राउ गरेको हो ।

काठमाडौंको ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्जका कर्मचारी भदौ २२ गते साँझ अफिस बन्द गरी कोठा जाँदै गर्दा म्हैपीको पानी ट्यांकी नजिकै पुगेपछि तीन वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले प्रहरी हौ भनेर ती व्यक्तिलाई मोटरसाइलमा राखेर शोभा भगवतीको पुलमुनी पुर्‍याएर हातपात गरेको र ती कर्मचारीसँग भएको ३० लाख २३ हजार २०८ रुपैयाँ, आइफोन मोबाइल, लाइसेन्स र ब्लुबुक समेत लुटेर भागेको भन्ने सूचना पाएपछि प्रहरीले संलग्न तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

पक्राउ परेका उनीहरूमाथि अपहरण तथा डाँका चोरी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकू पठाएको र यसमा संलग्न अरूको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्