बेनी–जोमसोम सडकखण्ड अवरुद्ध



मुस्ताङ।

अविरल वर्षासँगै खसेको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्