डिसहोममा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने



काठमाडौं । 

दशैं, तिहार र छठ पर्वको अवसरमा डिसहोमले १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ ।

डिसहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलर दाईबाट फन्ड ट्रान्स्फरमार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले १ लाख रुपियाँ पनि जित्न सक्ने छन् ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोमका रमाइलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपाः च्यानललगायत डिसहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्