राउन्ड टेबलको अध्यक्षमा अग्रवाल



काठमाडौं ।

राउन्ड टेवल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराउनु भएको थियो । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरू आउनु भएको थियो । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्