एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बास्न लागेको हो।

आजको बैठकमा आगामी चुनावको तयारीका बारेमा छलफल हुने र पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

एमालेले भदौ ९ गते पोलिटब्यूरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारी का बारेमा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्