ललितपुर -१८ मा वर्षमा २६ दिन मासु बेच्न नपाइने

होलिडेमा बेचे कारबाही



ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी , बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु ब्यावसायी र वडा अध्यक्ष दामोदर खड्का सहित वडाको प्रतिनिधिसंग बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्रि निषेध गरिएको हो । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठुला चाड पर्छन । बैठकले गरेको निर्णयलाई मासु व्यावसायीले स्वागत गरेका थिए । मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताउनुभयो । उहाँले १८ संगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागू गर्न आग्रह गर्नुपर्ने बताउनुभयो । अर्का मासु व्यावसायी सुविन खड्गीले वडाको निर्णयलाई कार्यान्व्यन गरेपछि ब्यवहारी हुन केही दिन लाग्ने बताउनुभयो ।

बैठकमा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले १८ सबै मासु व्यावसायीले गरेको निर्णयको स्वागत गर्नुभयो । भन्नुभयो–ललितपुर महानगरपालिकाका २९ वडा मध्य यो निर्णय गर्ने १८ नम्बर वडा पहिलो भएको दाबी गर्नुभयो ।

उहाँले वडावासीलाई स्वथ्य मासु खुवाउनुपर्ने , जो कोहीले देख्नेगरी काटमार गर्न नहुने, मासुको मुल्य सूचीमा एकरुपता गर्न मूल्य सूची राख्नुपर्ने लगायतको निर्णय भएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–हामीले तपाईहरुकै साथ र सहयोगमा यो निर्णय गरेका छौ, यस्लाई एक महिनाभित्र कार्यान्वयन गर्नुस । उहाँले सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन गर्न जनाएको छ ।

वडा सचिव निरन श्रेष्ठले निर्णयबारे जानकारी गराउदै एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गर्नुभयो । वडाले सबै मासु व्यावसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिबद्धता जनाउन लगाएको छ ।

वडा सदस्य निरज कुँबर र गोपाल डंगोलले निर्णय कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । यसअघि वडा अध्यक्ष खड्का सहितको टोलीले वडाका सबै मासु पसलको निरीक्षण गरेको थियो ।

त्यसक्रममा देखिएका कमिकमजोरीको विषयमा छलफल गरी निर्णय भएको थियो । वडा अध्यक्ष खड्काले एकसाता अघि गरेको निरीक्षणपछि बैठक बोलाएर निर्णय गर्न लगाइएको बताउनुभयो । उहाँले निर्णय कार्यान्वयन गर्नु व्यवसायीको मुख्य दायीत्व भएको बताउदै त्यसलाई कडाइका साथ लागु गराइने बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्