फरक क्षमता भएका विद्यार्थीको वक्तृत्वकला प्रतियोगिता



काठमाडौँ।

नेपाल परिवार नियोजन संघ काठमाडौँ उपत्यका शाखा जडिबुटी कार्यालयले फरक क्षमता भएका विद्यार्थीमाझ अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।

२३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शारिरीक अपांगता भएकाहरुको यौनिक तथा प्रजनन अधिकारका विषयमा केन्द्रित रहेर सो वक्तृत्वकला प्रतियोेगिता आयोजना गरिएको हो ।

उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा सञ्चालित फरक क्षमता भएका विद्यार्थी पढ्ने विद्यालयका १३ विद्यार्थीले सो प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा अञ्जना चौधरी पहिलो, एलिशा फुयाँल दोस्रो र योगेश राई तेस्रो भए भने शर्मिला तामाङ तथा जुनुमाया विश्वकर्माले सान्त्वना पुरस्कार पाए ।

विजयीविद्यार्थीलाई नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यकाशाखाका सभापतिपवनराज ढुंगेलले नगद पुरस्कारको साथै प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै शाखाका प्रवन्धक शरदकुमार अर्यालले शाखाले पहिलोपल्ट यसप्रकारको वक्तृत्वकला प्रतियोगिता आयोजना गरेकोमा फरक क्षमता भएका विद्यार्थीहरुको राम्रो सहभागिताले शाखालाई यस्ता कार्यक्रम फेरी सञ्चालन गर्न उत्साह थपिएको बताउँनुभयो ।

शाखाले शारिरीक अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन अधिकारको विषयमा कामगर्दै आएको उल्लेख गर्दै प्रवन्धक अर्यालले त्यस्ता व्यक्तिको उपचारको लागि शाखाले अपांग मैत्री उपचार सेवा सञ्चालन गरिरहेको पनि बताउँनुभयो ।

शाखा सभापति पवनराज ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका सचिव रवि श्रेष्ठ तथा शाखाको अपांगता सम्वन्धि आयोजनाका फोकल पर्सन विवेक रिसालले पनि बोल्नुभएको थियो ।

प्रतियोगितामा आदर्श सौल मावि, कार्यविनायक ललितपुर, सुर्योदय मावि काठमाडौ, बासु मावि र आर्दश मावि भक्तपुर, वहिरा केन्द्रीय विद्यालय नक्साल र ल्याबोरेटरी स्कुल किर्तिपुरका विद्यार्थीले भाग लिएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्