बस र अटो जुध्दा तीन जनाको मृत्यु



रौतहट ।

रौतहटमा बस र अटो जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्व- पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै बसले अटो लाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

काठमाडौँबाट सर्लाही तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो लाई ठक्कर दिदा अटोमा सबार सर्लाहीको बागमती नगरपालिका–६ सोल्टी निबासी ढक बहादुर लुगेली मगर, सोही स्थान निबासी प्रेम ठाडा मगर, सोही स्थान निबासी अटो चालक रबी मगरको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तु प्रसाद जैयसवारले ठक्कर दिने बस र सर्लाही ईश्वरपुर निबासी चालक चन्दन कुमार साह लाई नियन्त्रणमा लिइएको बताउनु भयो । यस्तै सोही अटोमा सबार सबिना लुगेली मगरको दुबै खुट्टामा चोट लागेकोले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्