बञ्चरेडाँडामा फोहोर विसर्जन शुरु : फोहोर लैजान टिपर व्यवसायीको सहयोग



काठमाडौँ।

काठमाडौंमा थुप्रिएको फोहोर बञ्चरेडाँडामा लैजाने काम सुरु भएको छ । हप्तौंदेखि थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लैजान बिहीबार बिहान ११ बजे देखि शुरु भएको हो।

फोहोर विसर्जनमा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पनि सहयोग गरेको महानगरले जनाएको छ। बिहानदेखि समितिका ४८ वटा टिपरले फोहोर विसर्जनमा सहयोग गरेका छन्।

स्थानीयको अवरोधपूर्ण रुपमा नहटेकाले आज पनि प्रहरी परिचालन गर्दै ३५० टिप फोहोर खसाल्ने योजना रहेको वातावरण विभागका नगर प्रहरी पूर्ण चन्द्र भट्टले जानकारी दिए।

अहिलेसम्म सो स्थानमा २०० टिप फोहोर खसिसकेको उनको भनाइ छ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्