अत्यावश्यक सेवामा सधै हड्ताल, गृहमन्त्रालय मौन



काठमाडौं ।

सरकारले फोहोरमैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यमा हड्ताल गर्न नहुने उल्लेख गर्दै त्यस्ता सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ । तर सोही सेवामा महिनौदेखि आंशिक बाहेक अधिकांस समयमा हड्ताल जारी रहेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्न नहुने जानकारी हुदाहुदै त्यसलाई नियन्त्रण गर्न गृह प्रशासन असफल देखिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी वशन्त भट्टराईले सो विषयमा मन्त्रालयलाई जानकारी भएको बताउनुभयो । फोहोर व्यवस्थापनमा सधै हड्ता भैरहदा मन्त्रालयले के गर्ने सोच बनाएको छ ? भन्ने प्रश्नमा सुचना अधिकारी भट्टराईको जवाफ थियो–यो विषयमा सिडियोलाई सोध्नुस ।

हामीले डिएसपीको कमाण्डमा प्रहरी फोर्स परिचालन गरेका छौ भन्ने भनिरहदा आज दिउँसो २ बजेसम्म ल्याण्डफिल साइटमा प्रहरी पुगेको छैन । स्थानीय उत्तम पाठकसंग सम्पर्क गर्दा उहाँले प्रहरी आउनै लागेको छ भन्नुभयो ।

त्यसबेलासम्म प्रहरी नपुग्दा फोहोरका सवारीसाधन आलेटारमै रोकिएको थियो । प्रहरी खटाएको छ भन्नुहुन्छ अहिलेसम्म पुगेको छैन नि ? भन्दा सुचना अधिकारी भट्टराईको जवाफ थियो– वादविवाद गर्ने भन्दापनि सिडियोलाई सोध्नुस । मन्त्रालयको जिम्मेवार निकायमा बसेका सुचना अधिकारी भट्टराईले उत्तर दिनुभयो–तपाईलाई बाँकी विषयमा प्रश्न गर्नु छ भने प्रवक्तालाई सोध्नुस ।

सरकारले जारी गरेको अत्यावश्यक सेवा निषेध गर्ने सम्बन्धी १४ औ बुँदामा फोहोर मैलाको संकलन, ढुवानी, प्रसोधन, बिसर्जनस्थान , निर्माण, पुर्वाधार निर्माण र संकलन तथा व्यवस्थापन क्षेत्रसंग सम्बन्धित क्षेत्रमा हड्ताल गर्न निषेध गरिएको उल्लेख छ ।

सरकारले अत्याश्यक सेवामा हड्ताल गरे तत्काल पक्राउ गरी कारबाही गर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवार लिएको गृह मन्त्रालयले सो विषयमा खासै पहल गरेको छैन । मन्त्रालयका अधिकारीको सधै एउटै भनाई छ हामीले फोहोर व्यवस्थापन गर्न सुरक्षाकर्मी खटाएका छौ । जेठ २६ गते जारी गरेको अत्यावयक सेवामा हड्ताल गर्न निषेध गरीएको बुदार्को उलंघन हुदा कसैलाई कारबाही हुन सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्