काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा आगामी आइतबारदेखि सुरु हुने भ्रमण ११ दिनको हुनेछ । टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा चीनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, औद्योगिक विकास तथा उद्यमशीलताको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे अध्ययन तथा अनुभव आदानप्रदान गरिने जनाइएको छ ।
रास्वपा सांसदहरूले चीनको प्रविधि र विकासका अभ्यासलाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा र औद्योगिक क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा समेत अध्ययन गर्ने बताएका छन् ।
भ्रमणले नेपाल–चीनबीचको आपसी सम्बन्ध, राजनीतिक समझदारी तथा आर्थिक र प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने टोलीका सदस्यहरूले विश्वास व्यक्त गरेका छन् ।











प्रतिक्रिया