फाेनिजकाे स्थापना दिवसकाे अवसरमा दुधाैलीमा रक्तदान कार्यक्रम आयाेजना



दुधाैली ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फाेनिज) जिल्ला शाखा सिन्धुलीले २३ औँ स्थापना दिवस मनाएको छ । जिल्ला शाखा सिन्धुलीले दुधाैली नगरपालिकामा रक्तदान कार्यक्रम आयाेजना गरेर फाेनिजकाे २३ ओैँ स्थापना दिवस मनाएको हो ।

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन) ले रक्तदान कार्यक्रममा रगत दान गर्नुभएका दुधाैली नगरपालिका १० का राधा राउतलाई फलफूल र जुस खुवाएर उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य दाहालले रक्तदान गर्नु जीवन दान गर्नु सरह हुने भन्दै नागरिकलाई सूचना प्रवाह गर्दै सुसूचित गराउँदै आएको पत्रकारहरूकाे  संस्था फाेनिजले रक्तदान कार्यक्रम गरेर उदाहरणीय सामाजिक कार्य गरेकाे बताउनुभयाे ।

उहाँले  पत्रकारले सत्यको जगमा उभिएर नागरिकलाई हरेक सूचनाबाट सुसूचित गराउन ढृण भएर लाग्नु पर्ने बताउनुभयाे । उहाँले स्थापना दिवसको शुभकामना दिँदै सञ्चारकाे विभिन्न माध्यमबाट नागरिकको चेतनाको अभिवृद्धि गराउन अनवरत रूपमा लाग्न फाेनिजलाई आग्रह गर्नु भयाे ।

दुधाैली नगरपालिकाकाे आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा, सिन्धुलीको प्राविधिक सहयोगमा फाेनिज सिन्धुलीले रक्तदान कार्यक्रमको आयाेजना गरेकाे हो ।

फाेनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दाहालसँगै दुधाैली नगरपालिकाका मेयर दिनेश अधिकारी, वडा नम्बर १० का कुमार शर्मा, रेडक्रस सिन्धुलीका मन्त्री लाल बहादुर कार्की , पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष सरला सुनुवार, सहसचिव ध्रुवचन्द्र खड्का, जिल्लाका सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्