चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ



फिदिम।

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन् ।

फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राति बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्