बाढीका कारण सयाैँ राेपनी धानखेत बगरमा परिणत



मुगु ।

एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका र सोरु गाउपालिकाका का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्यधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरू पानीको बहाव कर्णाली नदिको बहाव क्षेत्र बढदै गई ढुंगा, काठका ठूलाठूला मुडा बगाएर ल्याएपछि सयौँ रोपनी धानबाली नष्ट गरेको हो ।

बाढीले धान खेतसँगै बाटाघाटा र पुलपुलेसामा क्षति गरेको सोरु गाउँपालिका– ३ का बैगुन धामिले बताए । पानीघट्ट, काठेपुल, सडक, गोरेटो बाटो लगायतका संरचनामा पूर्ण क्षति गरेको उनको भनाइ छ ।

‘जेठमा रोपिएका धान करिब फुल्ने तयारीमा थियो, बाढीले सबै खाइदियो । अब के गरी जहानबच्चा पाल्ने ?’ किसान ललित जेठबहादुर शाहीले दुःखेसो पोखे । अर्का खत्याड गाउपालिका वडा ८ का बिरबहादुर कार्कि को पीडा पनि उस्तै छ । भन्छन्, ‘आफ्नो वर्षभरिलाई पुग्ने गरी रोपिएको धान बाली सबै बाढीले बगायो । अब वर्षभरि के खाने ?’

बाढीले खत्याड गाउँपालिकाका रिगागाउँ, आम, ठामलेक, लुई, कर्खा, जामिर, रिखिया, रास्कुटीबाडा, गम्था, पैखु, माझचौर, केरै, चिमाडुङ्ग्री, श्रीकोट, सेरी,सुकाढिक लगायत गाउँ बस्तीका धानबाली र अन्य भौतिक संरचनामा क्षति पुगेको छ। तयस्तै सोरु गाउँपालिकाको अडिना,पारिज्युला ,सीप ,तारापानि धैन लगायतका बस्तिका ज्युला बाढिले बगरमा परिणत भयर किसानमा कार्तिक मिहनामै भोकमरी हुने आसंका बढायको छ ।
तस्बिर :धानखेत बगरमा परिणत

प्रतिक्रिया दिनुहोस्