राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौँ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

भेटमा नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको  राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए ।

राष्ट्रपति भण्डारीले दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहहरूले भने सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्