निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी आमा निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा राष्ट्रपति भण्डारीले चासो राखेकी हुन् ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासअघि पुगेर राजपुतले आत्मदाह गर्ने प्रयास गरेकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिएर नियन्त्रणमा लिएको थियो।

हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्