बागमतीका पूर्वमन्त्री शाक्यलाई पितृशोक



काठमाडौँ ।

बागमती प्रदेशका सांसद पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवं डाक्टर अजयक्रान्ति शाक्यका पिता रत्नकाजी शाक्यको देहावसान भएको छ । उहाँको ८६ वर्षको उमेर आज विहान देहावसान भएको हो ।

वहिः सर्व संघको प्रमुख थकाली (मुथाय्पा) समेत रहनु भएका उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रत्नकाजी इजरायलका पूर्व राजदूत एवं नेकपा (एमाले) परराष्ट्र मामिला विभागका सचिव डाक्टर अञ्जान शाक्यका ससुरा पनि हुनुहुन्छ । रत्नकाजीका तीन छोरा मध्ये अजयक्रान्ति कान्छो हुनुहुन्छ । अजयक्रान्तिसहित रत्नकाजिका विजयक्रान्ति, संजय शाक्य गरी तीन छोरा हुनुहुन्छ । उहाँका एक छोरी साम्य शान्ति शाक्य हुनुहुन्छ । त्यसैगरी पत्नी सरस्वतीदेवी शाक्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्