आजबाट फोहोर बिसर्जन शुरु

एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल लगियो



काठमाडौँ ।

सुरक्षाकर्मीको सहयोगमा काठमाडौं महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर बिसर्जन गरेको छ । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधानमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रखुख सरिता राइ सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरु गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिनुभयो ।

स्थानीय अवरोधको कारण केहीदिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपुर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपुर्ति असुल्ने जनाएपछि हाजबाट फोहोर व्यवस्थापन सुचारु भएको बताउनुभयो । उहाँले भन्नुभयो–हिजो १ सय ४३ ट्रिप व्यवस्थापन गरेका छौ, आजबाट नियमित लैजानेछौ । कामपाले सडकमा रोकिराखेका , बाटोमा थुप्रिएको फोहोर व्यवस्थापन शुरु गरेको छ ।

यसअघि सोमबार ३२ जना स्थानीयले धुनिवेशी नगरपालिका–१ वडा अध्यक्ष मानबहादुर तामाङलाई वडा कार्यालयमा भेटगरी गएको जेठ २६ गते कामपाको मेयर वालेन्द्र साहसंग भएको १८ बुदेँ सहमतिमध्य एउटा बुँदापनि कार्यान्वयन नभएको आरोप लगाउदै फोहोर व्यवस्थापन रोक्नमाग गर्दै हस्ताक्षर सहित पत्र पठाएका थिए । त्यस लगत्तै स्थानीयले माग पुरा नभएको भन्दै सवारी साधन तोडफोड गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्