काठमाडौँ।
सिंहदरबार भित्रका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन्। आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बृहत् आन्दोलनको तयारी गरिरहेका छन्।
निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशभरका नासु बिदामा बस्ने जानकारी दिए।
उनले भने, ‘आज सिंहदरबारमा ‘नासु कर्मचारीहरुको भेलाले भोलि देशभरिका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ।’
आसमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन्।
सोमबार कर्मचारीले सिंहदरबारमै पेन डाउन गरेका थिए।











प्रतिक्रिया