कोभिडपछि लयमा फर्कदै पर्वतका होमस्टे, भूक होमस्टेमा पर्यटक बढे



u08sL, !& k’;M e’s b]p/fnL ufpF kj{tsf] df]bL ufpFkflnsf–!, gd”gf ufpF e’s b]p/fnL . tl:a/M jf;’b]j kf}8]n÷/f;;

पर्वत ।

कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै लयमा र्फकन थालेको छ ।
कोभिडपछि गाउँका होमस्टेहरुमा पनि पर्यटकको चहलपहल बढ्न थालेपछि भूक होमस्टे पनि लयमा फर्कन थालेको हो । कोभिडका कारण विश्व नै आक्रान्त बनेसँगै पर्वतका गाउँमा रहेका होमस्टेहरु प्रभावित बनेका थिए ।

‘गाउँमा एक–अर्काको घर जानसमेत बन्द भएको अवस्थामा बाह्य पर्यटक आउने वातावरण बन्द भयो ।,’ भुकताङ्ले होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष टेकबहादुर गुरुङले भन्नुभयो- ‘अब विस्तारै आउन सुरु गरेसँगै पुनः आशा जागेको छ । ’ गुरुङ जातीको बाहुल्य रहेको भुकताङ्लेको भुक गाउँमा केही वर्ष पहिलादेखि होमस्टे सञ्चालन गरिएको थियो । ‘हामीले सुरु गरेको केही वर्ष मात्रै भएको थियो।’ गुरुङले भन्नुभयो, ‘बाह्य पर्यटक आउन सुरु भएको । तर, कोभिडले बाह्य पर्यटक आउन नै बन्द भयो ।’ भुकका २५ घरमा होमस्टे पूर्वाधार विकास गरेर सञ्चालनमा आएका छन् ।

राउण्ड अन्नपूर्णको पैदल मार्गसँगै जोडिएको भुकताङ्लेले बर्सेनि सयौं बाह्य पर्यटक आउने भए पनि बस्ने व्यवस्था नगर्दा फाइदा लिन सकेको थिएन । प्राप्त पूर्वाधारको अभाव, गाउँमा होटल तथा होमस्टे सञ्चालन नभएका कारण पनि स्थानियबासीले त्यसको कुनै फाइदा लिन सकेका थिएनन ।

पछिल्ला केही वर्षदेखि स्थानीय युवाहरुको पहलमा पर्यटकीय गाउँ भुकलाई नमूना गाउँ बनाउन सुरु गरेसँगै होमस्टेका पूर्वाधार निर्माण गरिएको थियो । गाउँबाट बाहिर गएका र गाउँमा रहेका सबैको पहलमा गाउँलाई सुधार गरेर होमस्टे समेत सञ्चालन गरिएको थियो । बसाइसराँका कारण गाउँ नै खाली हुन थालेपछि स्थानीयहरुले नमुना गाउँ बनाउन विभिन्न पूर्वाधारको विकास थालेका हुन् ।

नमुना गाउँ टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन रामबहादुर गुरुङ्गले अनुसार रोजगारीका लागि गाउँबाट बाहिर रहेका स्थानीयले समेत आवश्यक पूर्वाधारको विकास र पर्यटक भित्र्याउन होमस्टेको अवधारण ल्याएको बताउनुभयो ।

भुक देउराली स्थायी घर भई हाल रोजगारीका सिलसिलामा देश भित्र र बाहिर रहेका युवाहरुले भुक देउराली युनाइटेड ग्रप निमार्ण गरी गाउँमा विकासका कामहरु अगाडि बढाएको उहाँको भनाइ छ । ‘नमुना गाउँ र होमस्टेको पूर्वाधार एकै पटक र एउटै अवधारणा हो,’ उहाँले भन्नुभयो, ‘सबै घरमा एकै प्रकारको रङ्ग, पाहुनाका लागि आवश्यक पर्ने कोठा, शौचालय, नुहाउने ठाउँ आदि व्यवस्थापन गरेका छौ ।’

गाउँलेहरुले होमस्टेको माध्यमबाट आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा गाउँ छाडेर गएकालाई समेत गाउँ फर्काउने अभियान रहेको गुरुङ्ले बताउनुभयो । पदयात्रा मार्गको ख्याती कमाएको राउण्ड अन्नपूर्णको नजिकै रहेको र घोडेपानी, पुन हिल जाने बाटो समेत यहीबाट भएकाले आन्तरिक तथा बाह्य पर्यटक बढ्नेमा स्थानीयहरु आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्