सशस्त्र प्रहरीद्वारा भिरमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार



सिन्धुपाल्चोक।

जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको शनिबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए ।

उक्त जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको संयुक्त टोलीले उनको उद्धार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्