युवक मृत फेला



बैतडी।

बैतडीको सुर्नया गाउँपालिका–७ का ३७ वर्षीय रघुवीर कुँवर मृतास्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका बिहान वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए । कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्