अज्ञात जनावरको आक्रमणमा परी वृद्ध घाइते



नवलपरासी।

पूर्वी नवलपरासीमा अज्ञात जंगली जनावरको आक्रमणमा परी स्थानीय एक वृद्ध घाइते भएकाछन् ।
घाइते हुनेमा मध्यविन्दु ६ भण्डारा बस्ने ९५ वर्षीय गंगाराम महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार वृद्ध महतोलाई घर नजिकैको झाडी बुट्यानमा सौच गर्न गएका बेला अज्ञात जनावरले विहीबार आक्रमण गरेको थियो ।
अज्ञात जनावरले महतोको बाया हातको माझी औला खाई दिनुका साथै नाक मुख र कानमा चोट पुर्याएको छ ।

वृद्धको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको र अवस्था मध्यम रहेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्