४ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ



सिन्धुली ।

सिन्धुलीमा २६ वर्ष अघि ४ वर्ष कैद सजायको फैसला भई हाल सम्म फरार रहेका एक प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । झन्डै २६ वर्ष देखि फरार रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ का ५६ बर्षका डोल्के भनिने चन्द्रमान बम्जनलाई प्रहरीले गएको साउन ३ गते मंगलवार पक्राउ गरेको हो ।

आगलागि मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट वि.स. २०५३ साल भदौं २३ गतेको फैसलाले ४ बर्ष कैद सजायको फैसला भई हाल सम्म फरार रहेका बम्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी क्यानेश्वरबाट खटिएका सादा पोसाकका प्रहरीको टोलीले पक्राउ गरेका सिन्धुलीका प्रहरी नायव उपरिक्षक(डिएसपि) मनोज कुमार लामाले जानकारी दिनुभयो ।

बम्जनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको डिएसपि लामाले बताउनुभयो । डिएसपि लामाका अनुसार पक्राउ परेका बम्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुलीमा बुझाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्