बजेट निर्माण प्रकरण : संसदीय छानबिन समितिको म्याद थप्न तयारी



काठमाडौँ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।

छानबिनका लागि दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

विशेष समितिले अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरीकामा पाठाइसकेको र त्यसको रोपोर्ट आइनसकेकाले

प्रतिवेदन निष्कर्षमा पुग्न समितिको म्याद थप गर्नुपर्ने भएको समितिले जनाएको छ।

समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्णायार्थ पेश गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ।

बिहीबारको बैठकमा समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो । समितिमा उनले सिसिटीभीको स्टोरेजबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै विज्ञसँग छलफल गर्न भनेका थिए।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशनै नभएको जिकिर गर्दै शर्माले आफ्नो विश्वास नलागे सुरक्षाकर्मी तथा मर्यादापालकलाई समेत सोधपूछ गर्न समितिलाई सुझाव दिए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्