टी–२० लिगका चार टोली सार्वजनिक



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी–२० लिगको लागि चार टोली सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमबीच टी–२० लिगमा सहभागी हुने ४ टोलीको स्वामित्व रहेको कम्पनि र प्रतिनिधिले टोलीको नाम सार्वजनिक गरेका हुन् ।

काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया समूको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्दै जनकपुर रोयल्स घोषणा गरेको छ । त्यस्तै, विराटनगर सुपरकिंग्सलाई भारतको डायमन्ड डिजिक्यापले खरिद गरेको छ । अमेरिकामा अवस्थित नेपाली अल स्टार्सले लुम्बिनी अल स्टार्सको स्वामित्व लिएको छ । नेपाली टोली गत महिना अमेरिका भ्रमणमा जाँदा नेपाली अल स्टार्सले स्थानीय प्रशिक्षण व्यवस्थापन तथा अभ्यास खेल मिलाएको थियो ।

अमेरिकामा स्थानीय क्रिकेट खेल्दै आएको नेपाली अल स्टार्सका सञ्जय शर्मा कार्यक्रममा उपस्थित थिए । पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्वबारे भने केहि समयपछि जानकारी दिइने क्यानले बताएको छ । नेपाल टि–२० लिग आगमी असोज ८ देखि कात्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्