इन्धन अभाव, चर्को मूल्यबृद्धिसँगैको हिंसाले हाइटीको राजधानी सहर अस्तव्यस्त



People run for cover as police shoot into the air to disperse a crowd threatening to burn down a gas station because they believed the station was withholding the gas, in Port-au-Prince, Haiti, Saturday, Oct. 23, 2021. The ongoing fuel shortage has worsened, with demonstrators blocking roads and burning tires in Haiti’s capital to decry the severe shortage and a spike in insecurity. (AP Photo/Matias Delacroix)

एजेन्सी ।

गिरोहको क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब २३४ जनाले ज्यान गुमाएका छन् भने यौन हिंसाका नयाँ रिपोर्ट सार्वजनिक भएका छन् ।

उपमेयर जीन हिस्लेन फ्रेडरिकका अनुसार बिहीबार सहरको सिट सोलिल छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको थियो । उक्त हिंसा चाँडै चारैतिर फैलिएको थियो । डक्टर्स विदआउट बोडर्सका अनुसार हजारौं मानिस पिउने पानी, खाना वा चिकित्सकीय सेवाबाट बञ्चित छन् । नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ ।

सहायता संगठनले गिरोहहरूलाई ब्रुकलिन नजिक पुग्न अनुमति दिन पनि अनुरोध गरिरहेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो । हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ । ’

प्रतिक्रिया दिनुहोस्