काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। काठमाडौंका रासिद खानले अविजित ३५ र दुसान हेमन्थाले २१ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। कप्तान दीपेन्द्र सिंह ऐरीले ५५ बलमा ६० रनको अर्धशतकीय पारी खेले।
थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए।बलिङमा सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए। जितसँगै ७ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। काठमाडौं भने ८ अंकसहित तेस्रो स्थानमा छ।











प्रतिक्रिया