नाट्य उत्सव शुरु



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा आइतबारदेखि बहुभाषिक नाट्य उत्सव २०७९ शुरु भएको छ।

आरोहण, गुरुकुल स्कुल अफ थिएटरको सह+आयोजनामा आगामी शनिबारसम्म चल्ने नाट्य उत्सवमा देशभरबाट प्राप्त नाटकमध्ये विभिन्न भाषाभाषीका ७ नाटक छनोट भई मञ्चनका हुनेछन्।

नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च इलामको लाप्चा भाषाको स्वर्ग जाने सिँढी, पुरानो घर समूह (रौतहट) को थारु भाषाको कनन हरलता, बाम्बुले राई समाजको (ओखलढुगा) राई भाषाको सुश्री सुम्निमा, रंग भूमि एकेडेमी (धरान) को तामाङ भाषाको डम्फुला साङयुर, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको होङ्छा, चुलाचुली रंगमञ्च (इलाम) को लिम्बू भाषाको सुबिउ चरी र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला) को अवधि भाषाको कुटिरो मञ्चन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्