इरानी लडाकू विमान दुर्घटना : चालक सुरक्षित अवतरण



तेहरान ।

इरानको मध्य प्रान्त इस्फाहानमाा शनिबार एफ–१४ लडाकू विमान दुर्घटनाग्रस्त हुँदा चालक सुरक्षितरूपमा बाहिर निस्किएका आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

लडाकू मिसनमा रहेको अवस्थामा इन्जिनमा प्राविधिक खराबी आएपछि दुर्घटना भएको इस्फाहान प्रान्तमा इरानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै इरनाले जानकारी दिएको छ ।

जहाजका चालक र सहचालकबाहिर निकाल्न सफल भएका तर घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ । दुर्घटनामा कसैको मृत्यु नभएको सेनाका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्