श्रीलंकामा तेल भर्ने स्टेसनमा गोली चल्यो



कोलम्बो ।

श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ । पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो । शनिबार राति कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिसुवामाडुमा सेनाले गोली चलाएको थियो ।

सेनाको ‘गार्ड पोइन्ट’मा ढुंगा प्रहार भएपछि गोली चलाइएकाे सेनाका प्रवक्ता निलान्था प्रेमरत्नेले बताए । ‘२० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुगेकाे छ’, प्रवक्ता प्रेमरत्नेले भने । अशान्ति नियन्त्रण गर्न सेनाले पहिलो पटक गोली चलाउँदा चार सर्वसाधारण र तीन सैनिक घाइते भएका प्रहरीले जनाएको छ ।

पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए । झडप नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो । श्रीलंका स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । देशले खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न डलर पाउन असमर्थ छ ।

आर्थिक संकट बढिरहेका बेला सर्वसाधारणले राषट्रपतिकाे राजीनामा माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्