काठमाडौंको बाफलमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते



काठमाडौं ।

काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा गएराती ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषकोस्वयम्भु स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ ।

कलंकीबाट बाफल तर्फ आउदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्