हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला



एजेन्सी ।

बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले बुधबार जानकारी दिएको सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरुमा चार जनाको शव फेला परेको ती कामदारहरुले बताएका हुन् ।

राजधानी शहरबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआमा रहेको क्यानडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा मध्य अप्रिलमा दुर्घटना भएको थियो ।

छ बुर्किनाबे, एक जाम्बियन र एक तान्जानियाली नागरिकहरु सात सय मिटरमुनि हराएका थिए । दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्