अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस ?



काठमाडौं ।

अमेरिकाको डिभीको नतिजा शनिबार सार्वजनिक भएको छ। सन् २०२३ का खुलेको अमेरिकी डिभीको नतिजा शनिवार राती नेपाली समय अनुसार ९: ४५ बजे सार्वजनिक भएको हो ।

नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई check status मा क्लिक गर्नु पर्छ । त्यसपछि continue भन्ने अप्सनमा क्लिक गरेर आफ्नो कन्फरेन्सन नम्बर, आफ्नो लास्ट नेम , जन्म मिति, सोहि पेजमा चित्रमा देखाईएको अंक तथा अक्षर अर्थात् हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ । यदि तपाईंले आफ्नो कन्फरेन्सन नम्बर बिर्सनुभएको छ भनेपनि  “Forgot Confirmation Number”मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने अमेरिकि दूतावासले जनाएको छ। छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख गरिएको छ ।

साथै दूतावास वा अमेरिकी सरकारका अन्य निकायले डिभी कार्यक्रममा छनौट भएको व्योहोराको इमेल नपठाउने भएकोले कुनै इमेल आए त्यसलाई वेवास्ता गर्न नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्