आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा


काठमाडौं ।

प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

सरकारले बुधबार डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि कार्कीले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्।

कार्कीका निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार रिट सर्वोच्चमा पुगेको छ। हाल रिट दर्ता प्रक्रियामा रहेको छ। यता, सरकारको निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।