प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, भारत भ्रमणको तयारीबारे छलफल


काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीसँग भेटवार्ता गर्न भारतीय विदेश सचिव मिस्री सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तथा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीचको भेटलाई प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको तयारी तथा दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाइने सम्भावित एजेन्डा, द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा पनि छलफल भएको हुन सक्ने कूटनीतिक वृत्तमा अपेक्षा गरिएको छ।