डोटीमा शुक्रबारदेखि विद्युत् सेवा अवरुद्ध



डोटी  । 

शुक्रबार दिउँसो आएको हावाहुरीका कारण डोटीको विद्युत् सेवा अवरुद्ध भएको छ । डोटी–डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् पोल ढलेका कारण डोटी बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाँडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा सुचारुका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी शनिबार बिहानैदेखि खटिए पनि सेवा सुचारु गर्न नसकिएको विद्युत् सब स्टेसन बुडर डोटीले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको छ भने ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएका बुडरका स्थानीय भक्तबहादुर लामाले बताउनुभयो ।यसै गरी शुक्रबारको हावाहुरीका कारण जिल्लामा दजनौं घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्